अनलाइन कक्षा : सकारात्मक र सुधारात्मक पक्ष - Smart Sanjal

Breaking

BANNER 728X90

Monday, June 1, 2020

अनलाइन कक्षा : सकारात्मक र सुधारात्मक पक्ष

सिक्ने सिकाउने हाम्रो अभियान

कोभिड–१९ को प्रभावले गरिएको लकडाउन एक महिना बढी भइसकेको छ। सरकारले लकडाउन अघि नै सम्पूर्ण शिक्षण संस्थामा पठनपाठन बन्द गर्ने निर्णय गरेको थियो। जसले गर्दा परीक्षा र नियमित पाठनपाठन ठप्प भए। लकडाउन अवधि र त्यसपछि पनि जनजीवन सामान्य बन्न समय लाग्ने देखिएपछि हाल  अनलाइन कक्षाहरू  सुरु भएका छन् । 

नियमित कक्षा सञ्चालन अनिश्चित भएकाले विद्यार्थीको भविष्यलाई ख्याल गर्दै वैकल्पिक शिक्षण विधि अपनाउनु परेको  छ। सरकारले ‘अनलाइन कक्षा सञ्चालन सम्बन्धी निर्देशिका २०७७’ तयार पारेर जारी गरेको छ ।


वरिष्ठ शिक्षाविद एवं काठमाडौँ विश्वविद्यालयका पूर्व डिन प्रा.डा. मनप्रसाद वाग्लेले हाम्रो तयारी नपुगेको कारणले अहिलेको अनलाइन शिक्षाको प्रयोग बलपूर्वक गरिएको जस्तो देखिए पनि एक्काईसौं शताब्दीमा अनलाइन बिना शिक्षाको परिकल्पना गर्न नसकिने बताए ।


 

अनलाइन कक्षाको अनुभव

क.सकारात्मक पक्ष:
 *भविष्यमा समेत उपयोग हुने सामग्री तयार भयो । 
* फुर्सदको सदुपयोग मज्जाले भयो । 
* शिक्षण सिकाईमा विविधता आयो। 
* ICT का बारेमा गुरुचेला दुवैको विस्तारै पहुँच बढ्दै गयो । 
* विद्यार्थी व्यस्त बनाउन सकियो । 
*सम्बन्ध ताजै राख्न सफल रह्यो । 
*खोज गर्ने बानी विकास भयो । आदि।
ख.सुधारात्मक पक्ष: 
* बिजुली आउनेजाने हुनेहुँदा कक्षा प्रभावित भयो । 
* करिब 35%विद्यार्थी मात्रै सहभागी भए र क्रमशः कम हुँदै गए। 
* सहभागीको पृष्ठभूमिमा हल्ला भयो ।
 * इन्टरनेटको सेवाको समस्या रह्यो । 
* विद्यार्थीले आफ्ना कार्यहरु परीक्षण गराउन गान्हो भयो। 
*zoom appमा ४० मिनेटको सेसन पछि पुन join हुनुपर्ने झमेला भयो । 
* कम्प्युटर वा Anroid फोन वा इन्टरनेट सुविधा नभएर कक्षामा सहभागी हुन नसकेको विद्यार्थीको गुनासो भयो । 
* शुरु गर्दा विद्यार्थीहरु सम्पर्कमा ल्याउन गान्हो भयो । आदि।

 अब निचोड निकाल्ने काम सरोकारवाला र साथीहरूको ।



No comments:

Post a Comment